काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ सिल गरिएको छ । मंगलबार सो वडामा मंगलबार २६ जनाको स्वाव संकलन गरि परिक्षण गर्दा १८ जनामा कोभिड-१९ पुष्टि भएपछि वडा सिल गरिएको वडा अध्यक्ष राम लामाले जानकार दिएका छ ।
मंगलबार वडाको केरावारी, जुबाडाँडा र घ्याङडाँडा क्षेत्रमा कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको विरामी बढेपछि वडा अध्यक्ष लामा स्वाव संकलन र औषधी वितरणको लागि स्वास्थ्यकर्मीका साथ गाउँ पुगेका थिए ।
लामाले एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) रोकथाम एवं नियन्त्रणका लागि वडा क्षेत्र शिल गरिएको जनाएको छ ।
वडाका क्षेत्रहरु संक्रमणको उच्च जोखिममा रहेको हँुदा कोभिड १९ को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न मिति २०७८ साल जेठ ६ गते विहिवार रातीको १२ः०० बजे देखि २०७० साल जेठ १२ गते बुधवार रातीको १२.०० बजे सम्मका लागि वडाको सम्पूणर् क्षेत्र पूणर् रुपमा सिल गरिएको वडा अध्यक्ष लामाद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तो छ सूचनाः
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड-१९) को दोस्रो चरणको संक्रमण यस रोशी गाउँपालिका १२ नं. वडा क्षेत्रभित्र समेत अत्याधिक रुपले दिनहुँ बढ्दै गइरहेको छ । कोरोनाको लक्षण संग मिल्दोजुल्दो लक्षण भएका केरावारी, जुबाडाँडा र घ्याङडाँडा क्षेत्रका २६ जना व्यक्तिहरुमा गरिएको परीक्षणमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हुनाले यस विषम परिस्थितमा आइपर्ने जोखिमहरुप्रति संवेदनशिल रही जिम्मेवारीपूणर् ढङ्गले उच्च सर्तकता अपनाई समुदायमा कोरोना संक्रमण फैलन नदिनका लागि सचेत रहन सम्पूणर् वडाबासी नागरिकहरुमा वडा कार्यालय हार्दिक अनुरोध गर्दछ । यस वडाका क्षेत्रहरु संक्रमणको उच्च जोखिममा रहेको हंदा कोभिड १९ को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न मिति २०७८ साल जेठ ६ गते विहिवार रातीको १२ः०० बजे देखि २०७० साल जेठ १२ गते बुधवार रातीको १२.०० बजे सम्मका लागि यस वडाको सम्पूणर् क्षेत्र पूणर् रुपमा सिल गरिएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचनाको उल्लंघन तथा यविलाप हुने गरि कुनै पनि कार्य कहि कतैवाट भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धीत सबैमा जानकारी गराइन्छ । यस विषम अवस्थामा कोरोना संक्रमण फैलन नदिनका लागि सिल गरिएको अवधिभर बडा क्षेत्रभित्र देहाय बमोजिमको कार्यहरु गर्न, गराउनु हुन सम्बन्धित सम्पूणर् वडावासी महानुभावहरुमा हार्दिक अनुरोध छ ।
-
अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, हिंडडुल नगर्ने ।
-
औषधी पसल, स्वास्थ्य संस्था वाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पसल, मासुजन्य पसल लगाएतका सम्पूणर् व्यवसायहरु सिल गरिएको अवधिभर पूणर् रुपमा बन्द गर्ने ।
-
सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा, सम्मेलन, तालिम, सेमिनार, मनोरञ्जन स्थल, सैलुन, व्युटी पार्लर, समूहमा खेलिने खेलकुद आदि जस्ता कार्यक्रम संचालन पूणर् रुपमा बन्द गर्ने ।
-
हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज जस्ता भिंडभाड हुने कार्यहरु नगर्ने ।
-
निर्माण सामाग्रीको ढुवानीको हकमा जिल्ला प्रसाशन कार्यालय, काभ्रेले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख भएको समय अनुसार गर्ने ।
-
अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्ने ।
-
कोभिड-१९ संग मिल्दोजुल्दो वा त्यस्तै प्रकारको कुनै स्वास्थ्य समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्था, गाउँपालिका वा बडा कार्यालयले आवश्यक सहजीकरण गर्नुपर्ने भएमा तुरुन्तै वडा अध्यक्ष राम बहादुर मोक्तान ९८५११५४५७०, बडा सदस्यहरू, बडा सचिव सन्तोष दाहाल ९८४११५०९४३ को मोबाइल नम्बरमा सम्पर्क गनंहुन अनुरोध छ ।
राम बहादुर मोक्तान
वडा अध्यक्ष

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















