काभ्रे जिल्लामा आज शुक्रबार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८४ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा ३३ महिला ३३ पुरुष, धुलिखेल नगरपालिकामा २३ महिला २७ पुरुष, पाँचखाल नगरपालिकामा ३५ महिला ४१ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष, महाभारत गाउँपालिकामा २ पुरुष र मण्डनदेउपुर नगरपालिकामा २ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ६९६६ पुगेको छ भने निको भएको संख्या ४३९८ रहेका छन् । सक्रिय संक्रमित संख्या ११२० महिला र १३४९ पुरुष गरी २४६९ पुगेको छ । अस्पताल आइसोलेसनमा ११९ जना र होम आईसोलेसनमा २३५० जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धुलिखेल नगरपालिकाका ७४ वर्षिय पुरुष र ५२ वर्षिय महिला, बनेपा नगरपालिकाका ७२ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १४० पुगेको छ । उनीहरु मध्य ९९ जना काभ्रेका रहेका छन् भने ४१ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















