कोभिड-१९ सङ्क्रमण दर उच्च रूपमा फैलिँदै गएपछि काभ्रेका ३ वटा नगरपालिका पूर्ण रूपमा सिल गरिएको घोषणा गरेको छ । आज एक सूचना जारी गर्दै जिल्लाको पनौती, पाँचखाल र धुलिखेल नगरपालिका पूर्णरुपमा सिल गरिएको घोषणा गरेको हो ।
सबै नगरपालिकाले आफ्नो सबै क्षत्र सिल गरिएको जानकारी दिएको छ । अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।
यस बिचमा आजसम्ममा पनौतीमा सक्रिय सङ्क्रमित सङ्ख्या २२४ महिला २७२ पुरुष गरी ४९६ पुगेको छ । धुलिखेल नगरपालिकामा २६९ महिला २७८ पुरुष गरी ५४७ जना सक्रिय सङ्क्रमित पुगेको छ । त्यसै गरी पाँचखाल नगरपालिकामा ६९ महिला ९३ पुरुष गरी १६२ जना सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । आज मात्र धुलिखेलमा ५०, पाँचखालमा ७६ जनामा कोरोना पुष्टि भएको थियो ।
यस्तो छ पनौतीले जारी गरेको सूचना

यस्तो छ धुलिखेलले जारी गरेको सूचना

यस्तो छ पाँचखालले जारी गरेको सूचना



समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















