भकुण्डे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५, कानपुरका किसानहरूलाई ट्याक्टर वितरण गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेको उपस्थितिमा वडा अध्यक्ष बुद्धसिं तामाङले उक्त सामाग्री वितरण गरेका हुन् ।

‘कृषि व्यापार र पर्यटनः हाम्रो सशक्त अभियान’ भन्ने मूल नाराका साथ अगाडी बढेको नगरले किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको वडा अध्यक्ष तामाङले जानकारी दिए । सो दिन साबिकका सबै वडाका किसानहरूलाई समेट्ने गरी ट्याक्टर वितरण गरिएको उनले बर्ता ।

खेतीपातीको लहर चलिरहेको बेला यसरी कृषि सामाग्री वितरण गरेपछि स्थानीय किसानहरू वडा अध्यक्षको यो कामबाट खुसी भएका छन् ।

वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले कृषकहरूलाई कृषि औजार वितरण गर्ने क्रममा राज्यद्वारा अनुदान स्वरूप दिएको सामाग्री लक्षित वर्गका हातमा पर्नु पर्नेमा जोड दिए ।

खेतीपातीको समय भएकोले कोभिड–१९ महामारीको बिचमा पनि कृषि सामाग्री वितरण गर्नुपरेको उनले बताए । ‘अहिले नगरपालिका भित्र निषेधाज्ञा जारी छ कृषकले पाउनु पर्ने चीज समयमा नै पाएन भने त्यसको कुनै अर्थ रहन्न ।’ वडा अध्यक्ष तामाङले भने, ‘यो कृषि सामाग्री समयमा उपलब्ध गराउन सकिएन भने भोलि कृषकलाई के जवाफ दिने ? त्यसैले यो विपद्को अवस्थामा पनि कृषि सामग्री वितरण गरेका हौँ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।