नेकपा (माओवादी) केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर तामाङ (बमध्वज) राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री केपी ओलीलाई दानवको संज्ञा दिएका छन् । हिजो मध्यरातमा सङ्घीय संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो संज्ञा दिएका हुन् ।
आगामी कार्तिक २६ र मङ्सिर २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि बिहानै प्रतिक्रिया दिएका उनले राष्ट्रपतिको कदम विरुद्ध सचेत भई प्रतिरोध गर्न समेत आव्हान गरेको छ ।
उनले लेखेका छन्, ‘सङ्घीय लोकतन्त्र नेपाली जनताले लडेर स्थापित गरेको राज्य व्यवस्थालाई नयाँ आधुनिक युगको मानव रुपी दानवद्वयले स्वाहा बनायो । सचेत भई प्रतिरोध गरौँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















