काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मध्यावधि चुनाव गराउने घोषणा सर्वसत्तावाद लाद्ने जालझेल भएकाले डटेर प्रतिवाद गर्न आह्वान गरेका छन्।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति १स्४५ बजे प्रतिनिधिसभा विघटन घोषणा गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते हुनेगरी मध्यावधि चुनाव मिति तोकेकी छिन्।
सरकारको पछिल्लो कदमको प्रतिवाद गर्दै पूर्वप्रधानमन्त्री नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको उल्लेख गरेका छन्।
नेपालले विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।’
यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !
— Madhav Kumar Nepal (@ncp_madhavnepal) May 22, 2021
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















