काभ्रे जिल्लामा आज शनिबार १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ ।

काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा २१ महिला २० पुरुष, धुलिखेल नगरपालिकामा १ महिला ५ पुरुष, पाँचखाल नगरपालिकामा ४ महिला ८ पुरुष, भुम्लु गाउँपालिकामा ४ महिला १० पुरुष, नमोबुद्ध नगरपालिकामा १५ महिला २२ पुरुष, पनौती नगरपालिकामा २ महिला ४ पुरुष, चौंरीदेउराली गाउँपालिकामा ११ महिला १६ पुरुष, बेथानचोक गाउँपालिकामा ५ पुरुष र मण्डनदेउपुर नगरपालिकामा ६ महिला ३० पुरुष संक्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ७१५० पुगेको छ । सक्रिय संक्रमित संख्या ११८४ महिला र १४६७ पुरुष गरी २६५१ पुगेको छ । अस्पताल आइसोलेसनमा ११९ जना र होम आईसोलेसनमा २५३२ रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बनेपा नगरपालिकाका ६८ वर्षिय पुरुष र पाँचखाल नगरपालिकाका ५५ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरु दुवै जनाको बनेपा स्थित सिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १४२ पुगेको छ । उनीहरु मध्य १०१ जना काभ्रेका रहेका छन् भने ४१ जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।