बागमती प्रदेश सभा सदस्य सांसद वसुन्धरा हुमागाईँले आफ्नो तलब कोभिड–१९ प्रभावित क्षेत्रको जनताको सेवामा समर्पण गर्ने घोषणा गरेका छन् । काभ्रेबाट निर्वाचित सांसद हुमागाईँले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त घोषणा गरेका हुन् ।

‘म मेरो सांसद सुविधाबाट प्राप्त हुने सबै रकम २०७८।१।१ देखि सांसद रहेसम्म कोभिडबाट प्रभावित जनताको सेवामा समर्पित गर्ने छु ।’ हुमागाईँले लेखेका छन् ।

यस अघि पनि उनले आफ्नो सुविधाबाट प्राप्त हुने रकम कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि समर्पण गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।