काभ्रे जिल्लामा आजसम्मकै सबै भन्दा कम आज आइतबार १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने ८५ जना निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार नमोबुद्ध नगरपालिकामा ५ महिला ७ पुरुष र रोशी गाउँपालिकामा ३ महिला संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ७१६५ पुगेको छ । सक्रिय संक्रमित संख्या ११५१ महिला र १४२६ पुरुष गरी २५७७ पुगेको छ । अस्पताल आइसोलेसनमा १३७ जना र होम आईसोलेसनमा २४४० रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बनेपा नगरपालिकाका ६८ वर्षिय पुरुष, मण्डनदेउपुर नगरपालिकाका ५१ वर्षिय पुरुष, रोशीका ४९ वर्षिय पुरुष, बेथानचोक गाउँपालिकाका ५३ वर्षिय पुरुष र रामेछाप जिल्लाका ७५ वर्षिय पुरुष् रहेको डा. झाले जानकारी दिए । उनीहरु बनेपा स्थित सिर मेमोरियल अस्पताल धुलखेल अस्पताल र जनक मावि भकुण्डे आईसोलेसन सेन्टरमा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १४७ पुगेको छ । उनीहरु मध्य १०५ जना काभ्रेका रहेका छन् भने ४२ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।