भुम्लु । नेकपा एमाले (माधव नेपाल पक्ष) निटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन काभ्रेले भुम्लु गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्व व्यापीरुप फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) नयाँ भेरियन्ट नेपालमा समेत संक्रमण तिव्र रुपमा बढिरहेको अवस्थामालाई दृष्टिगत गरी उक्त सामाग्री सहयोग गरेको जिल्ला अध्यक्ष बदन भण्डारीले जानकारी दिए ।
भुम्लु गाउँपालिकामा संक्रमण दर तिब्र गतिमा बढीरहेको अवस्थामा कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सहज होस भन्ने उद्देश्यले सहयोग गरेको अध्यक्ष भण्डारीले बताए । उक्त सामाग्री गाउँपालिका कार्यालयमै पुगेर अध्यक्ष गुमानध्वज कुँवरलाई हस्तान्तरण गरेको थियो ।
अखिलले सहयोग गरेको सामाग्रीहरुमा मास्क २ हजार पिस, स्टीम लिने भाँडो ६० थान, फेस सिल १ सय पिस, ६० एम एल सेनिटाईजर १०० पिस, ४० लिटर सेनिटाईजर, कोरियन पिलो ५ थान रहेको छ ।
यस अघि पनि विभिन्न स्थानीय तह तथा संघसंस्थाहरुलाई अखिलले स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















