भुम्लु । नेपाली कांग्रेस तरुण विभाग बाग्मती प्रदेशको उप–संयोजक तथा नेपाल तरुण दल काभ्रेका सभापति दावा लामाले काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं २ र ३ मा राहत वितरण गरेका छन् । सभापति लामाले कोरोना महामारीको कारण रोजगारी, आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण गरिएको हो ।
लामाले दुवै वडाका ३ सय ५० विपन्न परिवारलाई चामल, नुन, तेल लगायतका खाद्यान वितरण गरेका छन् । स्थानीय समेत रहेका उनले गतबर्ष कोरोना संक्रमणका कारण गरिएको लकडाउनको समयमा न्यून आय भएका परिवारलाई राहत सामाग्री वितरण गरेका थिए ।
स्थानीयले लामाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरे ।
सभापति लामाले आफ्नो अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको भन्दै भुम्लु गाउँपालिकाका सबै वडा र जिल्लाका विभिन्न स्थानमा आवस्यकताका आधारमा राहत वितरण गर्ने बताए ।
सोही समयमा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो । लामाले जिल्लाका विभिन्न स्थानमा यस्तो सहयोग गर्दै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















