काभ्रे जिल्लामा कोरोना भाइरस संक्रमित दरमा कुनै कमी आएको देखिदैन । आज सोमबार पनि ३७४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने १४१ जना निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकाकमा ३० महिला ४० पुरुष, पाँचखाल नगरपालिकामा ९ महिला १६ पुरुष, धुलिखेल नगरपालिकामा १५ महिला ३० पुरुष, पनौती नगरपालिकामा ३५ महिला ३२ पुरुष, नमोबुद्ध नगरपालिकामा १५ महिला २० पुरुष, चौंरीदेउराली गाउँपालिकामा ५ महिला ९ पुरुष, रोशी गाएँपालिकामा १८ महिला १९ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ६ महिला १५ पुरुष, तेमाल गाउँपालिकामा १५ महिला १३ पुरुष, भुम्लु गाउँपालिकामा ४ महिला १५ पुरुष, बेथानचोक गाउँपालिकामा ४ महिला ८ पुरुष र महाभारत गाउँपालिकामा १ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ७५४३ पुगेको छ भने निको भएको संख्या ४६२४ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या १२४८ महिला र १५६० पुरुष गरी २५७७ पुगेको छ । अस्पताल आइसोलेसनमा १३७ जना र होम आईसोलेसनमा २८०८ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धुलिखेल नगरपालिकाका ६४ वर्षिय महिला, भुम्लु गाउँपालिकाका ३६ वर्षिय पुरुष, पाँचखाल नगरपालिकाका ३९ वर्षिय पुरुष, धुलिखेल नगरपालिकाका ८३ वर्षिय महिला, भक्तपुरका ४५ वर्षिय महिला, धुलिखेलका ७५ वर्षिय पुरुष र बेथानचोक गाउँपालिकाका ५८ वर्षिय पूरष रहेको डा. झाले जानकारी दिए । उनीहरुको धुलखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १५४ पुगेको छ । उनीहरु मध्य १११ जना काभ्रेका रहेका छन् भने ४३ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















