काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिनिधि सभाका बहुमत सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले ९माधव नेपाल पक्ष०, जनता समाजवादी पार्टी ९उपेन्द्र यादव पक्ष० र राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार रिट दायर गरेका हुन्।
कांग्रेसका ६१, माओवादीका ४९, माधवकुमार नेपाल पक्षका २३, जसपाका बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्। रिटमा १४६ जना सांसदहरुकै नागरिकताको प्रमाण पत्रको प्रतिलिपी पनि पेश गरिएको छ।
यी हुन् रिट दायर गर्ने १४६ सांसद :
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















