१० बेडको आइसोलेसन कक्ष, ५ वटा अक्सिजन सिलिन्डर, ३ वटा अक्सिजन कन्सनटेटर सहितको सुविधा सम्पन्न अस्पताल रहेको अध्यक्ष जिम्बाले जानकारी दिए । ‘हामीले यहाँको सापेक्षतामा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेका छौँ । भेन्टिलेटर र आइसियु बाहेक सबै सुविधा यहाँ छ । त्यति मात्र होइन, अक्सिजनको लागि हामी कहीँ धाउनुपर्ने अवस्था छैन । यहीँ उत्पादन हुन्छ ।’ जिम्बाले भने, ‘यहाँ आधा घण्टा भित्रमा एन्टीजेन टेस्ट मार्फत कोरोना परीक्षण हुन्छ ।’

काभ्रे महाभारत गाउँपालिकामा पनि कोभिड–१९ को दोस्रो लहर संक्रमणदर बढ्दै गएपछि गाउँपालिकामा १० बेडको अस्थायी कोभिड–१९ अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि गाउँपालिकामै अस्थायी कोभिड अस्पताल स्थापना गरेको हो ।

वडा नं. ८, घर्तिछापमा निर्माण गरिएको उक्त अस्पतालको लागि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा आफै खटेका थिए । जिल्लाकै विकट गाउँपालिकाको रूपमा चिनिएको यस पालिकाबाट बिरामी अस्पतालसम्म लानलाई निकै कठिन भइरहेको बेला यो अस्थायी अस्पताल निर्माण भएपछि जनतालाई धेरै राहत मिलेको छ । ‘दुई दिन म आफै खटेर अस्थायी कोभिड अस्पताल निर्माण कार्य सम्पन्न गरेको छौँ । अब यो सञ्चालनमा पनि आएको छ ।’ अध्यक्ष जिम्बाले भने, ‘जुनसुकै बिरामीलाई जिल्लाको सदरमुकामसम्म लानलाई समेत कठिन भइरहेको हिजो देखिको समस्या हो । यो कोभिड–१९ महामारीमा बिरामीलाई सदरमुकामसम्म लानलाई झन् ठुलो समस्या भएको छ । त्यसैले सकेसम्म कोभिड–१९ सङ्क्रमितलाई यहीँ उपचार गर्न यो अस्थायी अस्पताल हामीले स्थापना गरेका हौँ ।’

१० बेडको आइसोलेसन कक्ष, ५ वटा अक्सिजन सिलिन्डर, ३ वटा अक्सिजन कन्सनटेटर सहितको सुविधा सम्पन्न अस्पताल रहेको अध्यक्ष जिम्बाले जानकारी दिए । ‘हामीले यहाँको सापेक्षतामा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेका छौँ । भेन्टिलेटर र आइसियु बाहेक सबै सुविधा यहाँ छ । त्यति मात्र होइन, अक्सिजनको लागि हामी कहीँ धाउनुपर्ने अवस्था छैन । यहीँ उत्पादन हुन्छ ।’ जिम्बाले भने, ‘यहाँ आधा घण्टा भित्रमा एन्टीजेन टेस्ट मार्फत कोरोना परीक्षण हुन्छ ।’

सोमबार मात्र सो प्रविधिबाट ४ जनाको कोभिड–१९ परीक्षण गर्दा १ जनामा पोजिटीभ देखाएको थियो ।

उक्त अस्पतालमा डाक्टर १ जना, स्टाफ नर्स २ जना, १ जना ल्याब असिस्टेन्ट, एचए १, अहेब २ , अनमि ३, कास २ गरी १२ जनाले सेवा दिइरहेको अध्यक्ष जिम्बाले बताए ।

गाउँवासी कोही कसैलाई केही समस्या आएमा, कोभिड सम्बन्धी केही सल्लाह सुझाव लिन चाहेमा सो अस्पतालका डा. सरोज कुमार यादवलाइ ९८४५९१८०७२ मा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध समेत गरेको छ । सो अस्पतालमा कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्ने अध्यक्ष जिम्बाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय, काभ्रेका अनुसार सक्रिय संक्रमित संख्या ४२ जना रहेको छ । जसमा १६ महिला २६ पुरुष रहेका छन् । संक्रमित सबैजना होम आइसोलेसनमा रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।