काभ्रे जिल्लामा आजसम्मकै सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । आज मात्र ४९९ जना कोरोना मुक्त भएका छन् । तर सङ्क्रमित दर भने उस्तै रहेको छ । आज मङ्गलवार पनि ३३१ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा २४ महिला ३६ पुरुष, पाँचखाल नगरपालिकामा ८६ महिला ८५ पुरुष, धुलिखेल नगरपालिकामा ७ महिला १० पुरुष, पनौती नगरपालिकामा ८ महिला १६ पुरुष, नमोबुद्ध नगरपालिकामा २ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ५ महिला ७ पुरुष, तेमाल गाउँपालिकामा २ पुरुष, भुम्लु गाउँपालिकामा ३ महिला ४ पुरुष, बेथानचोक गाउँपालिकामा १५ महिला २० पुरुष र महाभारत गाउँपालिकामा १ पुरुष सङ्क्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ७८७६ पुगेको छ भने निको भएको सङ्ख्या ५१२२ पुगेका छन् । जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या ११६७ महिला र १४७३ पुरुष गरी २६४० पुगेको छ । अस्पताल आइसोलेसनमा १४३ जना र होम आइसोलेसनमा २४७९ रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबिच सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा नमोबुद्ध नगरपालिकाका ७० वर्षीय महिला, भक्तपुरका ८१ वर्षीय महिला, भक्तपुरकै ७२ वर्षीय पुरुष, धुलिखेल नगरपालिकाका ४७ वर्षीय पुरुष, पनौती नगरपालिकाका ६४ वर्षीय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरूको सङ्ख्या १५९ पुगेको छ । उनीहरू मध्य ११४ जना काभ्रेका रहेका छन् भने ४५ जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।