काभ्रे जिल्लाको पनौती नगरपालिका क्षेत्रमा सिल अवधि ५ दिन थप गरिएको छ । नगरपालिका भित्र कोभिड–१९ संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि सिल अवधि थप गरिएको नगर प्रमुख भिम न्यौपानेले एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।
यस अघि जेठ गतेदेखि १२ गतेसम्म पनौती क्षेत्र सिल गरिएको थियो । कोभिड–१९को संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन अत्यावश्यक रहेकोले सिल अवधि थप गरिएको प्रमुख न्यौपानले जनाएका छन् ।
सूचनामा भनिएको छ, ‘…..मिति २०७८।०।र०७ को निर्णयानुसार यस नगरपालिकाको सबै क्षेत्रहरु मिति २०७८।०२।०८ गते राति १२ देखि ०७८।०२।१२ गते राति १२ बजेसम्म पूर्ण रुपमा शिल गरिएकोमा यस अवधिमा यो शिलले संक्रमण विस्तार हुन नदिन थप सहयोग पुगेकोले मिति २०७८।०२।१२ गते राति १२ देखि मिति ०७८।०२।१७ गते राति १२ बजे सम्म पुनः पूर्ण शिल गरिएको छ ।’
पनौतीमा सक्रिय संक्रमित संख्या ४६१ पुगेको छ भने आज मात्र ८ महिला १६ पुरुष गरि थप २४ जनामा कोभिड पुष्टि भएको छ ।
यस्तो छ सूचनाः
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन अत्यावश्यक अस्पताल जन्य सेवा औषधि पसल (पशु औषधि पसल) समेत एवम् निम्न अनुसार दुग्ध संकलन गर्ने कार्य बाहेक अन्य सेवा सुविधा केहि समयलाई स्थगन गरि मानव स्वास्थ्यको हित प्रवर्धन गर्नु अत्यावश्यक देखिएकोले विपद ब्यबस्थापन समितिको मिति २०७८।०।र०७ को निर्णयानुसार यस नगरपालिकाको सबै क्षेत्रहरु मिति २०७८।०२।०८ गते राति १२ देखि ०७८।०२।१२ गते राति १२ बजेसम्म पूर्ण रुपमा शिल गरिएकोमा यस अवधिमा यो शिलले संक्रमण विस्तार हुन नदिन थप सहयोग पुगेकोले मिति २०७८।०२।१२ गते राति १२ देखि मिति ०७८।०२।१७ गते राति १२ बजे सम्म पुनः पूर्ण शिल गरिएको छ । यस शिल अवधिमा आदरणिय नगरबासी हरुलाई अत्यावश्यक काम बाहेक आफ्नो घर बाहिर ननिस्कन अनुरोध गरिन्छ । हाल उल्लेखित बाहेक स्थगन गरिएको सेवा लिनेदिने भिडभाड गर्ने,जोर जबरजस्त गरे गराएको पाइएमा मानव स्वास्थ्यको हित प्रवद्र्धन खटिने जो कोहिले सम्झाउने बुझाउने र सम्झाई बुझाइ गर्दा समेत नमानेमा नियन्त्रणमा लिइ कार्यवाही प्रकिया अघि बढाउँन सकिने व्यहोरा समेत सबै नगरबासिमा सबिनय निवेदन गर्दछौ । यस विषम परिस्थितिलाइ मनन गरि आफु बाच्ने र अरुलाई बचाउने पुनित कार्यमा सहयोग एबम सद्भाव प्राप्त हुने अपेक्षा साथै सेवा सुबिधा स्थगनबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ ।
धन्यबाद
भिम न्यौपाने
प्रमुख
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















