रोशी । नेपाली काँग्रेसका नेता गणेश लामाले काभ्रेको रोशी गाउँपालिकामा रहेको अस्थायी कोभिड अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । खहरेपाँगुमा रहेको उक्त अस्थायी कोभिड अस्पताललाई नेता लामाले आज सहयोग गरेका हुन् ।
उनले अस्पताललाई ३ थान अक्सिजन सिडिन्डर सहयोग गरेका छन् । एम्बुलेन्समा राखेर विरामीलाई थप उपचारका लागि अन्य ठाउँमा लैजान र भकुण्डे स्थित पालिकाको आईसोलेसन सेन्टरसम्म ल्याउन अक्सिजन सिलिन्डरले मद्दत पुग्नेछ । खहरेपाँगु अस्थायी कोभिड अस्पतालमा भने अक्सिजन पर्याप्त थिएन् ।
सहयोग हस्तान्तरणको क्रममा नेता लामाले आवश्यकता अनुसार अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















