काभ्रे जिल्लामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या बढिरहेको छ । आज मात्र ३०३ जनाले कोरोना जितेका छन् । हिजो ४९९ जना कोरोना मुक्त भएका थिए । आज बुधबार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकाकमा ७ महिला ६ पुरुष, धुलिखेल नगरपालिकामा २२ महिला ३२ पुरुष, पनौती नगरपालिकामा २ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा २ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला ३ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला ३ पुरुष, रोशी गाउँपालिकामा १२ महिला १८ पुरुष, तेमाल गाउँपालिकामा ५ महिला ४ पुरुष, बेथानचोक गाउँपालिकामा ३ महिला २७ पुरुष र भुम्लु गाउँपालिकामा १० महिला ११ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ८०४८ पुगेको छ भने निको भएको संख्या ५४२५ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या १०९५ महिला र १४११ पुरुष गरी २५०६ पुगेको छ । अस्पताल आइसोलेसनमा १३७ जना र होम आईसोलेसनमा २३६९ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धुलिखेल नगरपालिकाका ६२ वर्षिय महिला, रोशी गाउँपालिकाका ७२ वर्षिय महिला, भक्तपुरका ५८ वर्षिय पुरुष, पनौतीका ४८ वर्षका पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरुको धुलखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १६३ पुगेको छ । उनीहरु मध्य ११७ जना काभ्रेका रहेका छन् भने ४६ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















