काभ्रे जिल्लामा ९८ जनाले कोरोना जितेका छन् । आज विहिबार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाका अनुसार जिल्लामा ३ जनाकाे मृत्यु भएकाे छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकाकमा ९ महिला १२ पुरुष, पाँचखाल नगरपालिकामा ६ महिला १२ पुरुष, नमोबुद्ध नगरपालिकामा १ महिला २ पुरुष, चौंरीदेउराली गाउँपालिकामा २ महिला १ पुरुष, रोशी िगाउँपालिकामा २ महिला ३ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १७ महिला १४ पुरुष, तेमाल गाउँपालिकामा ३० महिला २७ पुरुष, भुम्लु गाउँपालिकामा ८ महिला १८ पुरुष, बेथानचोक गाउँपालिकामा २ महिला ४ पुरुष, महाभारत गाउँपालिकामा १ महिला र खानीखोला गाउँपालिकामा १ महिला ३ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ८२२४ पुगेको छ भने निको भएको संख्या ५५२३ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ११२० महिला र १४६२ पुरुष गरी २५८२ पुगेको छ । अस्पताल आइसोलेसनमा १३० जना र होम आईसोलेसनमा २४५२ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बनेपा नगरपालिकाका ५० वर्षिय पुरुष, पनौती नगरपालिकाका ५३ वर्षिय महिला, ललितपुरका ३१ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरुको धुलखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १६६ पुगेको छ । उनीहरु मध्य ११९ जना काभ्रेका रहेका छन् भने ४७ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















