काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ मा ३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सो वडामा ५० जनामा पीसीआर चेक गर्दा ३९ जनामा पुष्टि भएको हो ।

आफ्नो वडामा यसरी कोभिड–१९ संक्रमण व्हात्तै बढेपछि वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ र तेमाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक स्वास्थ्यर्मी र आवश्यक स्वास्थ्य सामग्री लिएर टोल–टोलमा पुगेका छन् । सोही अवसरमा कन्ट्रयाक ट्रेसिङ समेत गरेको स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिए ।

वडा अध्यक्ष घिसिङले वडा वासीलाई सजग हुन अनुरोध गरेका छन् । ‘तेमाल गाउँपालिका वडा नं ८ का आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा कोरोना भाइरस (कोभिड–१९)को बढ्दो जोखिमको कारण हाम्रो वडामा ५० जनामा पीसीआर जाँच गर्दा ३९ जनामा पोजिटिभ देखिएका छ ।’ घिसिङले भने, ‘सरकारले तेकेको स्वास्थ्य मापदण्ड अप्नाउन म वडाबासीमा अनुरोध गर्न चाहन्छु । स्वास्थ्य अनुशासनमा बसेर मात्र यो लडाईंमा जीत हासिल गर्ने भएकोले उच्च आत्मबलका साथ अघि बढौं ।’

विहिबार वडा अध्यक्ष सहितको टोलीले विभिन्न औषधीहरु, सेनिटाइजर र मास्क आदि बिरामीहरूलाई वितरण गरिएको थियो । साथै स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई आवष्यक अनुसार सल्लाह, सुझाव दिएका थिए ।

कारोना भाइरस रोकथाम नियन्त्रणको लागि तेमाल स्वास्थ्यसाखा तथा वडा नं ८ का स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको परवाह नगरी निरन्तर खटिरहेको बताउँदै घिसिङले स्वास्थ्यकर्मीहरुले दिएको निर्देशन अनुसार सजक र सुरक्षित भइ आ–आफ्नो ठाउँमा मनोबल बढाई आरामका साथ बसिदिन अनुरोध गरे ।

कुनैपनि समस्या परेमा वडा अध्यक्ष घिसिङको मोवाई नं. ९८४९३४८१०५, सचिवको मोवाईल नं. ९८४३३४०५७०, स्वास्थ्य इन्चार्जको मोवाईल नं. ९८५१२७७५८० मा सम्पर्क गर्न वडाले अनुरोध समेत गरेको छ ।

वडा नं. ९ मा पनि २० जना कोरोना परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।