मुलुकभरि कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित दर उच्च रुपले बृद्धि भइरहेको बेला तामाङ चिकिल्सनक समाजले निःशुल्क स्वास्थ्य परामर्श दिन शुरु गरेको छ । कोरोना संक्रमितहरुका लागि समाजले स्वास्थ्य परामर्श अभियान सञ्चालन शुरु गरेको हो ।

विशेष गरी कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका बिरामीहरुलाई स्वास्थ्य परामर्श निशुल्क प्रदान गर्ने उद्देश्य यो अभियानको रहेको समाजका अध्यक्ष डा. दिलबहादुर थोकरले जानकारी दिए ।

स्वास्थ्य परामर्श लिन चाहने कोरोना संक्रमितले फोन मार्फत आफ्नो स्वास्थ्य समस्याको जानकारी गराई चिकित्सकहरुद्वारा परामर्श लिन सकिने डा. थोकरले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमितले प्रत्येक दिन चरिकोट अस्पतालका डाक्टर सुनिल मोक्तानलाई ९८६८९०२३८९, लालिगुराँस अस्पताल नाम्दुका डाक्टर दिल बहादुर थोकरलाई ९८४३५२८४३६ र डाक्टर सन्जित गोलेलाई ९८४९७९३४१९ मा फोन गर्न सक्नेछन् भने प्रत्येक दिन राति १० बजे देखी बिहान ६ बजेसम्म डाक्टर वीर बहादुर बललाई ९८१८५३७३२८ मा फोन गर्न सक्नेछन् ।

२०७७ साल माघ २१ गते विधिवत रुपमा स्थापना भएको तामाङ चिकित्सक समाज नेपालले कोरोना संक्रमितलाई स्वास्थ्य परामर्श साथै आइसोलेसन किट प्रदान गर्ने योजना बनाइरहेको पनि समाजका अध्यक्ष थोकरले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।