काभ्रे जिल्लामा १९७ जनाले कोरोना जितेका छन् । आज शुक्रवार २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकाकमा १५ महिला २४ पुरुष, पनौती नगरपालिकामा १४ महिला १४ पुरुष, धुलिखेल नगरपालिकामा ३४ महिला ४५ पुरुष, पाँचखाल नगरपालिकामा १० महिला ९ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १८ महिला १५ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ पुरुष, चौंरीदेउराली गाउँपालिकामा १ पुरुष, रोशी गाउँपालिकामा १ महिला १ पुरुष, तेमाल गाउँपालिकामा १ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष, बेथानचोक गाउँपालिकामा २ महिला ६ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ८४३८ पुगेको छ भने निको भएको संख्या ५७१८ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ११३२ महिला र १४६७ पुरुष गरी २५९९ पुगेको छ । अस्पताल आइसोलेसनमा १२२ जना र होम आईसोलेसनमा २४७७ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बनेपाका ६० वर्षिय पुरुष, मण्डनदेउपुरका ६४ वर्षिय पुरुष, भक्तपुरका ६३ वर्षिय पुरुष, सर्लाहीका ५८ वर्षि पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरुको धुलखेल अस्पताल र बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १७० पुगेको छ । उनीहरु मध्य १२१ जना काभ्रेका रहेका छन् भने ४९ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















