काभ्रे जिल्लामा १७५ जनाले कोरोना जितेका छन् । आज शनिबार ६४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा पनौती नगरपालिकामा २ महिला ६ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १२ महिला ६ पुरुष र भुम्लु गाउँपालिकामा १९ महिला १९ पुरुष संक्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ८५०४ पुगेको छ भने निको भएको संख्या ५८९४ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या १०८६ महिला र १३९६ पुरुष गरी २५९९ पुगेको छ । अस्पताल आइसोलेसनमा १२१ जना र होम आईसोलेसनमा २३६१ रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपािलका वडा नं. १ र २ का ४ जना रहेका छन् । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकका ३८ वर्षिय महिला, धुलिखेल–१० का ६३ वर्षिय पुरुष, धुलिखेल–११का ४९ वर्षिय पुरुष, मण्डनदेउपुर–७ का ५० वर्षिय पुरुष, तेमाल–१ का ५२ वर्षिय पुरुष, ५६ वर्षिय पुरुष, ६२ वर्षिय पुरुष र तेमाल–२ का ८१ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचारको क्रममा मृत्यु भएको थियो ।

काभ्रेमा एकैदिन यतिधेरै जनाको मृत्यु भएको यो पहिलोपटक हो ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १७८ पुगेको छ । उनीहरु मध्य १२८ जना काभ्रेका रहेका छन् भने ५० जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।