काभ्रे जिल्लाले आर्थिक वर्ष २०७८।८९ मा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट पाउने भएको छ । अर्थ मन्त्री विष्णु पौडेलले जिल्लाको १३ वटा स्थानीय तहहरुमा उक्त बजेट विनियोजन गरेको हो ।

कुन नगरपालिकामा कति बजेट ?

काभ्रेको सबैभन्दा पुरानो नगरपालिका बनेपा नगरपालिकाले ५० करोड ६९ लाख रूपैयाँ बजेट पाएको छ । धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, पनौती नगरपालिकाले ४५ करोड ७० लाख, पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख र मण्डनदेउपुर नगरपालिकाले ४२ करोड ९९ लाख र नमोबुद्ध नगरपालिकाका लागि ३९ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । जिल्लामा ६ वटा नगरपालिका रहेको छ ।

यस्तो छ गाउँपालिकामा बजेट

गाउँपालिका मध्ये सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख पाएको छ भने सबैभन्दा कम खानीखोला गाउँपालिकाका लागि २६ करोड १६ लाख बजेट विनियोजन गरिएको छ ।

चौरीदेउराली गाउँपालिकाले ३४ करोड ९२ लाख, तेमाल गाउँपालिकाले ३१ करोड १२ लाख, बेथानचोक गाउँपालिकाले २६ करोड ७० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

भुम्लु गाउँपालिकाले २९ करोड ८८ लाख र महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख बजेट खर्च गर्न पाउने छन् ।

जिल्लामा ७ वटा गाउँपालिका रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।