काभ्रे जिल्लामा १६८ जनाले कोरोना जितेका छन् । आज आइतबार ५८ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा बनेपा नगरपालिकामा २ महिला १ पुरुष, पाँचखाल नगरपालिकामा १६ महिला १६ पुरुष, भुम्लु गाउँपालिकामा २ पुरुष, चौंरीदेउराली गाउँपालिकामा १ पुरुष, धुलिखेल नगरपालिकामा १ महिला २ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला ४ पुरुष र रोशी गाउँपालिकामा ३ महिला ७ पुरुष संक्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ८५६२ पुगेको छ भने निको भएको संख्या ६०६२ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या १०३८ महिला र १३३४ पुरुष गरी २३७२ पुगेको छ । अस्पताल आइसोलेसनमा १४३ जना र होम आईसोलेसनमा २२२९ रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा म्याग्दीका ८२ वर्षिय महिला रहेको डा. झाले जानकारी दिए । उनको धुलखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १७९ पुगेको छ । उनीहरु मध्य १२८ जना काभ्रेका रहेका छन् भने ५१ जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।