काभ्रे जिल्लामा ३८५ जनाले कोरोना जितेका छन् । आज सोमबार पिसिआर परिक्षण गर्दा २०६ र एन्टीजेन परिक्षणबाट ३७ गरी २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपा नगरपालिकामा १७ महिला १८ पुरुष, पाँचखाल नगरपालिकामा १८ महिला २४ पुरुष, धुलिखेल नगरपालिकामा १ महिला ६ पुरुष, नमोबुद्ध नगरपालिकामा २ महिला ६ पुरुष, पनौती नगरपालिकामा १३ महिला १३ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ६ महिला ८ पुरुष, भुम्लु गाउँपालिकामा ४ महिला ७ पुरुष, चौंरीदेउराली गाउँपालिकामा २ महिला ६ पुरुष, रोशी गाउँपालिकामा २० महिला २१ पुरुष, तेमाल गाउँपालिकामा १ पुरुष र बेथानचोक गाउँपालिकामा ६ महिला ७ पुरुष संक्रमित थपिएका छन् ।
त्यस्तै एन्टीजेन परिक्षणबाट भुम्लु गाउँपालिकामा २ पुरुष, महाभारत गाउँपालिकामा ७ महिला ८ पुरुष, पाँचखाल नगरपालिकामा ७ पुरुष र खानीखोला गाउँपालिकाम ४ महिला ९ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या ८८०७ पुगेको छ भने निको भएको संख्या ६४४७ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ९४८ महिला र १२७९ पुरुष गरी २२२७ पुगेको छ । अस्पताल आइसोलेसनमा १४३ जना र होम आईसोलेसनमा २०८४ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बनेपाका ५६ वर्षिय महिला, चौंरीदेउरालीका ६९ वर्षि पुरुष, सर्लाहीका ६० वर्षिय पुरुष, पनौतीका ६२ वर्षिय पुरुष, भुम्लुका ६८ वर्षिय पुरुष र बेथानचोकका ६९ का महिला रहेको डा. झाले जानकारी दिए । उनीहरु मध्य एकजनाको होम आइसोलेसनमा, एक जनाको धुसेनी शिवालय प्राथमिक अस्पताल र बाँकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १८५ पुगेको छ । उनीहरु मध्य १३३ जना काभ्रेका रहेका छन् भने ५२ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















