पनौती । नेकपा एमाले ९माधव पक्ष० निकट युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । युवा विद्यार्थी संगठनले पनौती नगरपालिका वडा नं। १२ मा रहेका १२ अति विपन्न परिवारलाई आज राहत वितरण गरेका हुन् ।

युवा संघ नेपालका केन्द्रिय सचिव भेषराज शाहको नेतृत्वमा भएको उक्त राहत वितरण भएको थियो । ती अति विपन्न परिवारको घरघरमै पुगेर युवा विद्यार्थी नेताहरु खाद्य सामाग्री सहयोग गरेका थिए ।

यस अघि पनि युवा संघ नेपाल र अनेरास्ववियु काभ्रेले जिल्लाको विभिन्न स्थानमा रहेका विपन्न वर्गलाई खाद्य सामाग्री वितरण गर्दै आएको छ । साथै गाँउपालिकाहरुलाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउँदै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।