काभ्रे जिल्लामा २४६ जनाले कोरोना जितेका छन् । आज मंगलबार पिसिआर परिक्षण गर्दा १२५ र एन्टीजेन परिक्षणबाट ५८ गरी १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपा नगरपालिकामा १८ महिला १३ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला ४ पुरुष, धुलिखेल नगरपालिकामा १८ महिला २५ पुरुष, पनौती नगरपालिकामा ४ महिला ४ पुरुष, नमोबुद्ध नगरपालिकामा १ महिला, चौंरीदेउराली गाउँपालिकामा १ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ५ महिला ७ पुरुष, तेमाल गाउँपालिकामा १ पुरुष, भुम्लु गाउँपालिकामा ११ महिला ८ पुरुष, रोशी गाउँपालिकामा १ महिला १ पुरुष र बेथानचोक गाउँपालिकामा १ पुरुष संक्रमित थपिएका छन् ।
त्यस्तै एन्टीजेन परिक्षणबाट चौंरीदेउराली गाउँपािलकमा २ पुरुष, पनौती नगरपालिकामा २८ महिला १९ पुरुष, खानीखोला गाउँपालिकामा ४ महिला ४ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या ८९९० पुगेको छ भने निको भएको संख्या ६६९३ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ९३२ महिला र १२३२ पुरुष गरी २१६४ पुगेको छ । अस्पताल आइसोलेसनमा १३९ जना र होम आईसोलेसनमा २०२५ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहतका ३८ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १८६ पुगेको छ । उनीहरु मध्य १३३ जना काभ्रेका रहेका छन् भने ५३ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















