काभ्रे जिल्लामा २७३ जनाले कोरोना जितेका छन् । आज बुधबार पिसिआर परिक्षण गर्दा २२६ र एन्टीजेन परिक्षणबाट ९९ गरी ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ७ महिला ५ पुरुष, पाँचखालमा १ महिला १ पुरुष, धुलिखेलमा २९ महिला ३७ पुरुष, मण्डनदेउपुरमा २२ महिला ३० पुरुष, पनौतीमा ८ महिला ११ पुरुष, रोशीमा ११ महिला १३ पुरुष र भुम्लुमा २५ महिला २६ पुरुष संक्रमित थपिएका छन् ।
त्यस्तै एन्टीजेन परिक्षणबाट बनेपामा ४ महिला ५ पुरुष, बेथानचोकमा २ महिला १० पुरुष, महाभारतमा २४ महिला २८ पुरुष, नमोबुद्धमा ४ महिला १ पुरुष, खानीखोलामा ५ महिला ८ पुरुष र तेमालमा ५ महिला ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या ९३१५ पुगेको छ भने निको भएको संख्या ६९६४ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ९५७ महिला र १२५८ पुरुष गरी २११५ पुगेको छ । अस्पताल आइसोलेसनमा १२० जना र होम आईसोलेसनमा २०९५ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मन्थलीका ५६ वर्षिय महिला, मण्डनदेउपुरका ८२ वर्षिय पुरुष, बनेपाका ३७ वर्षिय पुरुष, सर्लाहीका ४७ वर्षिय पुरुष र धुलखेलका ४२ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
coronaयससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १९१ पुगेको छ । उनीहरु मध्य १३६ जना काभ्रेका रहेका छन् भने ५५ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















