काभ्रे जिल्लामा २७ जनाले कोरोना जितेका छन् । आज शनिबार पिसिआर परिक्षण गर्दा १५१ र एन्टीजेन परिक्षणबाट ५५ गरी २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा १२ महिला १४ पुरुष, पाँचखाल ६ महिला ७ पुरुष, धुलिखेलमा १४ महिला ११ पुरुष, पनौतीमा १० महिला १० पुरुष, नमोबुद्धमा ७ महिला १४ पुरुष, भुम्लुमा १ महिला २ पुरुष, बेथानचोकमा १ महिला, चौरीदेउरालीम ६ महिला २ पुरुष, रोशीमा १८ महिला १५ पुरुष र तेमालमा १ महिला संक्रमित थपिएका छन् ।

त्यस्तै एन्टीजेन परिक्षणबाट भुम्लुमा ५ महिला ८ पुरुष, चौंरीदेउरालीमा २ महिला, खानीखोलामा ६ महिला ३ पुरुष, महाभारतमा ८ महिला १६ पुरुष, नमोबुद्धमा ३ महिला ४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यससँगै काभ्रेमा संक्रमित संख्या ९७४७ पुगेको छ भने निको भएको संख्या ७५५९ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ९२६ महिला र ११२२ पुरुष गरी २०४८ पुगेको छ । अस्पताल आइसोलेसनमा १०९ जना र होम आईसोलेसनमा १९३९ रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भुम्लुका ७९ वर्षिय महिला र पनौतीका ५५ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरु मध्य एकजनाको होम आइसोलेसनमा र अर्को धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १९६ पुगेको छ । उनीहरु मध्य १४० जना काभ्रेका रहेका छन् भने ५६ जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।