आयल निगम नाफामा भएपनि फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि, नयाँ मुल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको छ। १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई ९आन्तरिक उडान०को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धन ९आन्तरिक०को मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निगमले यसअघि जेठ २ गते मात्रै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन ९आन्तरिक०को मूल्य लिटरमा २ रुपैयाँले बढाएको थियो ।

जेठ २ गते मूल्य बढाउँदा पेट्रोलको मूल्य १२३, डिजेल तथा मट्टितेलको मूल्य १०६ र हवाई इन्धन ९आन्तरिक उडान०को मूल्य ८७ रुपैयाँ प्रतिलिटर पुगेको थियो।

त्यतिबेला मूल्य बढाउँदा समेत निगमले १५ दिनको अवधिमा झन्डै १ अर्ब १० करोड रुपैयाँ घाटा हुने अवस्था आएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिएका छन्।

इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीअनुसार निषेधाज्ञाको विक्री परिमाणलाई हिसाब गर्दा १५ दिनमा मात्रै निगमलाई करिब ७१ करोड घाटा हुने देखिएको प्रवक्ता उपाध्यायको भनाइ छ।

आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटिर ५ रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ९एलपी ग्यास०मा प्रतिसिलिण्डर २५८ रुपैयाँ ४६ पैसा घाटा नै रहेको निगमको जिकिर छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गए तथा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुने क्रम जारी रहे आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्नसक्ने निगमको भनाइ छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।