काभ्रे जिल्लामा २३ जनाले कोरोना जितेका छन् । आज आइतबार पिसिआर परिक्षण गर्दा ३५ र एन्टीजेन परिक्षणबाट २६ गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ४ महिला ५ पुरुष, धुलिखेलमा १ महिला २ पुरुष, भुम्लुमा १० महिला १० पुरुष, चौंरीदेउरालीमा १ पुरुष, रोशीमा १ पुरुष र मण्डनदेउपुरमा १ महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै एन्टीजेन परिक्षणबाट चौंरीदेउरालीमा ४ महिला ३ पुरुष, तेमालमा १ महिला १० पुरुष र महाभारतमा ३ महिला ५ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या ९८०८ पुगेको छ भने निको भएको संख्या ७५८० पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ९४३ महिला र ११४३ पुरुष गरी २०८६ पुगेको छ । अस्पताल आइसोलेसनमा १०५ जना र होम आईसोलेसनमा १९८१ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बनेपाका ७२ वर्षिय पुरुष, धुलिखेलका ५९ वर्षिय पुरुष र भक्तपुरका ६३ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरु मध्य एकजनाको धुलिखेल अस्तपतालमा र २ जनाको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १९९ पुगेको छ । उनीहरु मध्य १४२ जना काभ्रेका रहेका छन् भने ५७ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।