तेमाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तेमाल गाउँकमिटीले तेमाल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पार्टी र अखिल क्रान्तिकारीको तर्फबाट गाउँकमिटी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य डिएम लामा र क्रान्तिकारीका केन्द्रिय सदस्य दूधराज लामाको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको थियो ।
सामग्री हस्तान्तरण गर्दै माओवादी केन्द्र तेमालका अध्यक्ष डिएम लामाले कोभिड विरुद्ध लड्नका लागि तेमाल गाउँपालिकाको सहयोगी भएर आफूहरु थोरै भएपनि केही सामग्री सहयोग गरेको बताए । ‘यो महामारीको बेला हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ । माओवादी केन्द्र पनि तेमाल सरकारसँग यो लडाईंमा एक्यबद्धता जाहेर गर्न स्वास्थ्य सामग्री सहयोग गर्न आएका हौं ।’ उनले भने, ‘तेमाल सरकार यो अभियानमा धेरै कमजोर भयो भनेर सहयोग गर्न आएका पनि हौइनौं । हाम्रो पार्टी पनि यो अभियानमा तेमाल सरकारको साथमा छौं भन्न आएका हौं ।’

यसैबीच गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले गाउँपालिकाले कोभिड विरुद्धको लडाईमा आजसम्मको उपलब्धीकोबारेमा सहयोग गर्न पुगेका टोलीलाई जानकारी गराएका थिए । उनले सहयोग गरेकोमा माओवादी केन्द्रलाई धन्यवाद समेत दिइन् ।
सो क्रममा यो २ हप्ता भित्रमा कोरोना संक्रमण नियन्त्रण धेरै भएको र रोकथामका उपायहरु पनि सार्थक बन्दै गएको जानकारी दिए ।
‘हामीले अहिले गाउँपालिकामा भएको ४२ जना स्वास्थ्यकर्मीलाई परिचालन गरेका छौं । प्रत्येक गाउँमा परिचालित छ । हरेक दिन सबैसँग रिपोर्ट लिइरहेका छौ ।’ उनले भने, ‘२० बेडको आइसोलेसन दुई ठाउँमा राखेका छौं । निःशुल्क उपचार र सेवा गाउँपालिकाले गरेको छ ।
सो हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यहरु उषा अर्याल, कल्पना लामा, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष युवराज लामा, विद्यार्थी नेतृ मुना मगर, जगत तामाङ पुष्प, युद्धा लामा लगायतका सहभागी रहेका थिए ।
गाउँपालिकालाई हस्तान्तरण गरिएका सामग्रीहरुको विवरणः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















