नेकपा (माओवादी केन्द्र) बनेपा नगरको व्यवस्थापनमा लकडाउनका कारण खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरियो। बनेपा नगरभित्र बसोबास गर्दै आएका श्रमिक, अपांग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन लगायतका सामान उपलब्ध गराएका थिए।

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य भोलाप्रसाद अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपाका इन्चार्ज एवम् माओवादी केन्द्रका जिल्ला सदस्य राजन अधिकारी, समाजसेवी ओकिलबहादुर मगर, युवा नेता मीनराज के.सी., पर्शुराम दाहाल, उषा अर्याल, कल्पना लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो।

खाद्यान्न सामान बोक्न यातायातको ब्यवस्थापन आर.पि.फर्निचरका संचालक पुरुषोत्तम नेपालले गरेका थिए । महामारीमा रोगले भन्दा पनि भोकले नागरिक समस्यामा नपरुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको माओवादी भोला अर्यालले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।