नेकपा (माओवादी) केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर तामाङ बमध्वजले काभ्रेको चौंरीदेउराली गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सांसद बमध्वज सोमबार गाउँपालिकाद्वारा सञ्चालित धुसिने शिवालय प्राथमिक अस्पतालमा गाउँपालिका अध्यक्ष दिननाथ गौतम प्रयासलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
बमध्वजको पहलमा स्वास्थ्य विभागबाट उक्त सामग्री चौंरीदेउरालीमा उपलब्ध गराएका थिए ।
सामग्री हस्तान्तरण गर्दै उनले कोरोना महामारी विरुद्धको लडाइँमा आफू जनतासँगै रहेको बताए । ‘कोरोना विरुद्धको लडाइँ कुनै दल विशेष, समुदाय विशेष वा कुनै वर्ग विशेषले मात्र लडेर हुँदैन । आम नेपालीले एकैसाथ आ–आफ्नो तर्फबाट लड्नुपर्छ ।’ बमध्वजले भने, ‘यो लडाइँमा म जनताको साथमा छु । जनतासँगै छु ।’
त्यसै गरी गाउँपालिका अध्यक्ष गौतमले गाउँपालिकाका जनता स्वास्थ्य सङ्कटमा परिरहेको बेला स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा गाउँवासी जनताको तर्फबाट सांसद बमध्वजलाई धन्यवाद दिए । आफूहरूले चौंरीदेउरालीमा कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारलाई चुस्त दुरुस्त बनाएको बताए ।
आफू कोरोनाको चपेटामा परेका जनताको घरदैलोमा र अस्पताल आइसोलेसनमा पुगेर बिरामी जनताको अवस्था दैनिक बुझिरहेको बताउँदै सङ्क्रमण रोकथाम र नियन्त्रणमा उल्लेख्य सुधार भएको अध्यक्ष गौतमले जानकारी दिए ।
हस्तान्तरण गरिएका सामग्रीहरूमा अक्सिजन भरेको सिलिन्डर १० थान, पिपिई १०० थान, एन ९५ मास्क १०० थान, गमबुट २० थान, सर्किजल मास्क १००० थान, फेस सिल्ड ५० थान, अक्सिमिटर स्पाेट चेक ५ थान, एन्टीजेन किट १०० थान, भिटिए कोभिड–१९ १००० थान लगायतका रहेका छन् ।
सो अवसरमा सांसद बमध्वज र अध्यक्ष गौतमले उपचाररत विरामीको अवस्था समेत बुझेका थिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष दिनेश लामा, वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङ, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तेज पन्त, अस्पतालको इन्चार्ज राजु चौंलागाईं, प्रभा एल्मुनाईका सचिव गोकुल गौतम, पत्रकार कुमार चौंलागाईं, औषधि व्यवसायी लीलानाथ गौतम, खडानन्द चौंलागाईं लगायतका सहभागी थिए ।
यसैबिच कात्तिके देउरालीका एन्टी कोभिड भोलेन्टियर ग्रुपलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्रीहरू औषधी व्यापारी तथा स्थानीय लीलानाथ चौंलागाईं र खडानन्द चौंलागाईंले हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण गरिएको सामग्रीहरूमा मास्क २५ सय, १५ लिटर सेनीटाइजर, एक बक्स साबुन रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।