काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप २२९ जना लगाएका छन् । आज देशैभरि यो खोप लगाउने क्रममा गाउँपालिकाको ९ वटा वडाका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकले लगाएका हुन् ।

स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार सबैभन्दा बढी वडा नं. ८ र सबैभन्दा कम वडा नं. ३ का नागरिकले सो खोप लगाएका छन् ।

पाठकका अनुसार वडा नं. १ मा १५ महिला २२ पुरुष गरी ३७ जना, वडा नं. २ मा ४ महिला ८ पुरुष गरी जम्मा १२ जना, वडा नं. ३ मा २ महिला ६ पुरुष गरी ८ जना, वडा नं. ४ मा ९ महिला १२ पुरुष गरी २१ जना, वडा नं. ५ मा १७ महिला २४ पुरुष गरी ४१ जना, वडा नं. ६ मा १५ महिला १२ पुरुष गरी २७ जना, वडा नं. ७ मा ८ महिला १० पुरुष गरी १८ जना, वडा नं. ८ मा १९ महिला २७ पुरुष गरी ४६ जना, वडा नं. ९ मा १० महिला ९ पुरुष गरी १९ जनाले खोप लगाएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।