नमोबुद्ध नगरपालिकालाई वागमति टिपर व्यवसायी संघले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथाम एवं नियन्त्रणका लागि संघले मास्क, पिपिई, फेस सिल्ड, सेनिटाइजर, अक्सीमिटर, डिजिटल थर्मोमिटर, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष प्रेम लामासहितको टोलीले सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले महामारी रोकथाम र नियन्त्रणमा लागिरहेको नगरपालिकाका लागि प्राप्त स्वास्थ्य सामग्रीले थप मद्दत र हौसला मिलेको बताए ।
Comments