वागमती प्रेदेशका प्रमुख प्रतिपक्ष दाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) ५ हजार पु¥याउन माग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलसँग आर्थिक वर्ष २०७८।७९ को बजेटमा समावेश गर्न माग गरिएको हो ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेल सहितको टोलिले मुख्य मन्त्री डोरमणी पौडेललाई आर्थिक बर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेटमा विभिन्न शिर्षकमा बजेटको व्यवस्था गर्न माग गरिएको छ ।
बजेटमा समाबेश गर्नुपर्ने मुख्य बुँदाहरुमा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ५ हजार दिनु पर्ने, प्रदेश सरकाका सबै तहका स्थायी, अस्थायी करार कर्मचारी र शिक्षकको तलबमा मासिक ५ हजार वृद्धि गर्नुपर्ने, किसानलाई दूधमा दिदै आएको अनुदानलाई बढाएर प्रती लिटर रु ५ दिनु पर्ने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरुलाइ मासिक २५ हजार भत्ता दिनु पर्ने, सिमान्तकृत समुदाय (चेपाङ, थामी, माझी,दनुवार, बन करिया लगायत) लाई शिक्षा स्वास्थ्य र आय आर्जनको लागि १ अर्ब बजेट व्यवस्था गर्नु पर्ने, दलित समुदायको जीवन सुधार कार्यक्रमका लागि १ अर्ब बजेट व्यवस्था गर्नु पर्ने, निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड र समानुपातिक तर्फ ३ करोड व्यवस्था गर्नु पर्ने, कोरोनाको माहामारीमा अग्रभागमा खटिएका सबै स्वास्थकर्मी, कर्मचारी लगायत सम्पुर्ण सुरक्षाकर्मीहरुलाई जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका रहेका छन् ।
आफूहरुले राखिएको विषयलाई गम्भीरतापुर्वक आत्मसात गरि समुचित सम्बोधनका लागि उनीहरले माग गरेको छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















