काभ्रे जिल्लामा १३२ जनाले कोरोना जितेका छन् । आज बुधबार पिसिआर परिक्षण गर्दा ७१ र एन्टीजेन परिक्षणबाट २६ गरी ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा १० महिला १७ पुरुष, पाँखालमा ३ पुरुष, धुलिखेलमा ४ महिला ३ पुरुष, पनौतीमा १३ महिला १० पुरुष, मण्डनदेउपुरमा १ महिला, भुम्लुमा १ महिला १ पुरुष, चौंरीदेउराली गाउँपालिकामा २ महिला २ पूरुष, बेथानचोकमा २ महिला र तेमालमा २ महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै एन्टीजेन परिक्षणबाट खानीखोलामा २ पुरुष, नमोबुद्धमा १ महिला १ पुरुष र महाभारतमा ६ महिला १६ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या १०१५३ पुगेको छ भने निको भएको संख्या ८००२ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ८८३ महिला र १०६१ पुरुष गरी १९४४ पुगेको छ । अस्पताल आइसोलेसनमा १२३ जना र होम आईसोलेसनमा १८२१ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बेथानचोकका ९१ वर्षि पुरुष रहेको डा. झाले जानकारी दिए । उनको होम आइसोलसेसनमा मृत्यु भएको हो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या २०७ पुगेको छ । उनीहरु मध्य १५० जना काभ्रेका रहेका छन् भने ५७ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















