विभिन्न कामको सिलसिलामा दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको संस्था काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाले जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । विहीबार कार्यालयमै पुगेर समितिका पदाधिकारीहरुले उक्त सामग्री हस्तान्तरण गरिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झालाई ४ लाख २५ हजार बराबरको सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका सामग्रीहरुमा २६ थान अक्सिजन सिलिण्डर, २६ थान पिपिई सेट, सर्जिकल मास्क लगायतका रहेका छन् ।

सामग्री हस्तान्तरण गर्न काभ्रे सम्पर्क समितिको तर्फबाट रामकृष्ण आचार्य, तपस तामाङ, विजय बस्नेत, श्रमजित चौंलागाईं, डेन्जित लामा, विमल दोङ जिल्ला प्रशासन कार्यालय धुलिखेल पुगेका थिए ।

सामग्री लिँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले कोरियामा रोजागारी र व्यापारको सिलसिलामा पुगेका नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद दिए ।

समितिले विभिन्न समयमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । नेपाल देखि कोरियामा भैपरी आउने बिरामी लगायत अन्य बिपतमा परेकाहरुलाई सहयोग गरेका थिए । एक करोड वोन बराबरको एम्बुलेन्स खरिद गरि बेथानचोक गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।