तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. २ च्युखाकी एक कोशोरीको लडेर मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा १४ वर्षिय सुस्मिता तामाङको लडेर मृत्यु भएको हो ।

वडा सदस्य डिल्लीमान तामाङका अनुसार लडेर घाईते भएकी सुस्मितालाई उपचारको क्रममा धुलिखेल अस्पताल ल्याएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको वडा सदस्य तामाङले जानकारी दिए ।

सुस्मिता सोही वडामा रहेको सर्वोद्धार माविमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् ।

Comments

comments