तस्बीरः पत्रकार अर्बिन्द्र गौतम

बनेपा । काभ्रे जिल्लाको व्यस्त शहर बनेपामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । धुलिखेलबाट बनेपा जाँदै गरेको मोटरसाइकाललाई पनौती तर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो ।

तस्बीरः पत्रकार अर्बिन्द्र गौतम

इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख इन्स्पेक्टर राजन कोइरालाका अनुसार बा ३ ख ३२२१ नम्बरको टिप्परले बा ४७ प ५९५० नम्बरको बाइकलाई ठक्कर दिंदा बनेपा–१, नाला निवासी ३० वर्षिय बाइक चालक अमिर लामिछाने गम्भिर घाइते भएका छन् ।

घटना घट्ने वित्तिकै प्रहरीले गम्भिर घाइते लामिछानेलाई उपचारको लागि धुलिखेल अस्पताल लगेको थियो भने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर कोइरालाले जानकारी दिए ।

Comments

comments