काभ्रे जिल्लामा १६४ जनाले कोरोना जितेका छन् । आज विहिबार पिसिआर परिक्षण गर्दा ३६ र एन्टीजेन परिक्षणबाट ८ गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ७ महिला ६ पुरुष, धुलिखेलमा ३ महिला २ पुरुष, पनौतीमा २ महिला, पाँचखालमा ४ पुरुष, मण्डनदेउपुरमा ३ महिला ३ पुरुष, भुम्लुमा ४ महिला १ पुरुष र चौंरीदेउरालीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टीजेन परिक्षणबाट तेमालमा ३ महिला, पनौतीमा २ महिला र महाभारतमा १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यससँगै काभ्रेमा संक्रमित संख्या १०१९९ पुगेको छ भने निको भएको संख्या ८२२३ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ८४० महिला र ९५४ पुरुष गरी १८२४ पुगेको छ । अस्पताल आइसोलेसनमा ११७ जना र होम आईसोलेसनमा १७०७ रहेका छन् ।

यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धुलिखेलका ४८ वर्षिय महिला, मेलम्चीका ५२ वर्षिय महिला र मण्डनदेउपुरका ६२ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरु मध्य एकजनाको होम आइसोलसेसनमा र १ जनाको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या २१० पुगेको छ । उनीहरु मध्य १५२ जना काभ्रेका रहेका छन् भने ५८ जना अन्य जिल्लाका रहेका छन् ।

Comments

comments