अशोक बुद्ध लामा
काभ्रे जिल्लाको रोशी गाउँपालिकालाई विभिन्न संघ–संस्थाहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ भिरुद्धको लडाईमा सहयोग गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
यसैक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बिटिएम फाउण्डेसन, हेल्थ ईन्भाईरोमेन्ट एण्ड क्लाईमेट एक्सन फाउण्डेसन, हामी नेपाली ग्लोबल, राष्ट्रिय संगीतकर्मी संघबाट गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

बिहिबार गाउँपालिकामै पुगेर हामी नेपाली ग्लोबलका अध्यक्ष एवं नायक अमृत लामा, राष्ट्रिय संगीतकर्मी संघका महासचिव गायक एवं चलचित्र कर्मी विक्रम जंग शाहले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष डि.बि. लामालाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय संगीतकमर्मी संघका महासचिव विक्रम जंग शाहको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट प्राप्त सामग्रीहरुमा १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सीजन सिलिण्डर २ थान, पल्स अक्सिमिटर १ थान र ईन्फ्रारेड थर्मोमिटर १ थान, यस्तै बिटिएम फाउण्डेसनबाट पिसिआर भिटिएम २५० वटा, गाउन १० वटा, फेससिल्ड १० ओटा, थर्मल गन १ वटा, पिपिई १० थान, पारासिटामोल १०० पत्ता, अक्सिजन सिलिण्डर ३ वटा र अक्सिजन कन्सन्ट्रेटर १ थान रहेको छ ।

त्यसैगरी हेल्थ ईन्भाईरोमेन्ट एण्ड क्लाईमेट एक्सन फाउण्डेसनले सर्जिकल मास्क १ सय पिस, मेडिकल क्याप, डिस्पोजेबल सुकभर र पिपिई ८०÷८० पिस, फेस सिल्ड, मेडिकल चस्मा र फेस मास्क ४०÷४० पिस सहयोग उपलब्ध गराएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।