काभ्रे जिल्लामा १७६ जनाले कोरोना जितेका छन् । आज विहिबार पिसिआर परिक्षण गर्दा ६२ र एन्टीजेन परिक्षणबाट १८ गरी ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ५ महिला ९ पुरुष, धुलिखेलमा ५ पुरुष, पाँचखालमा १ पुरुष, पनौतीमा १० महिला ११ पुरुष, मण्डनदेउपुरमा १० महिला ३ पुरुष, बेथानचोकमा १ पूरुष, नमोबुद्धमा १ पूरष, भुम्लुमा ३ महिला १ पुरुष, रोशीमा १ पुरुष र महाभारतमा १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी एन्टीजेन परिक्षणबाट पनौतीमा १ महिला १ पुरुष, नमोबुद्ध २ महिला १ पुरुष, पाँचखालमा ६ महिला ४ पुरुष र महाभारतमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या १०२८० पुगेको छ भने निको भएको संख्या ८३९९ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ८०३ महिला र ९२५ पुरुष गरी १८२८ पुगेको छ । अस्पताल आइसोलेसनमा ११७ जना र होम आईसोलेसनमा १६११ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तेमालका ८१ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनको कान्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या २११ पुगेको छ । उनीहरु मध्य १५३ जना काभ्रेका रहेका छन् भने ५८ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















