नेकपा माओवादी केन्द्रले काभ्रेको खानीखोला गाउँपालिकाकालाई विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम, उपचार र नियन्त्रणको लागि भन्दै माओवादी केन्द्रले सबै वडाहरुमा पुगी सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाईरसबाट बच्नको लागि सचेत रहन आग्रह गर्दै खानीखोला गाउँपालिकाको सबैवडाहरुमा पुगि प्रत्येक वडामा १।१ हजार सर्जिकल माक्स, सहित डिटोल साबुन, साईनेक्स, एन्टिजेन किड्स, थर्मलगन, पल्सअक्सिमिटर, पिपिई सेट, ग्लोब्स, स्यानिटाईजर लगायतका सामग्रीहरु हस्तान्तरण गरेको थियो ।

सामग्री हस्तान्तरण गर्न माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थिङ छिन्ताङ, जिल्ला सचिवालय सदस्य दैबलाल घिसिङ अनुशिल, जिल्ला सदस्यहरु खड्क बहादुर जिम्बा अबिरल, युवा समाजसेबी भिम घिसिङको उपस्थितिमा स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।
उक्त सामग्री नेकपा माओवादी केन्द्र प्रवास कमिटी, सहयोगी सस्था अहाना नेपाल, युवा समाजसेबी सागर जिम्बा, जिल्ला नेता राजन अधिकारी, बिनोद कुस लगाएतको टोलि खानिखोलाको गाउँ–गाउँ पुगेर वितरण गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















