काभ्रे जिल्लामा ६४ जनाले कोरोना जितेका छन् । आज शनिवार पिसिआर परिक्षण गर्दा २४ र एन्टीजेन परिक्षणबाट १ गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
काभ्रेका प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ५ महिला ४ पुरुष, पाँचखालमा १ पुरुष, धुलिखेलमा १ पुरुष, पनौतीमा ३ महिला ४ पुरुष, मण्डनदेउपुरमा २ महिला १ पुरुष र भुम्लुमा २ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टीजेन परिक्षणबाट नमोबुद्धमा १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या १०३०८ पुगेको छ भने निको भएको संख्या ८४८९ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ७७० महिला र ८९४ पुरुष गरी १६६४ पुगेको छ । अस्पताल आइसोलेसनमा ११७ जना र होम आईसोलेसनमा १५४७ रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नमोबुद्धका ६० वर्षिय पुरुष र ५१ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या २१३ पुगेको छ । उनीहरु मध्य १५५ जना काभ्रेका रहेका छन् भने ५८ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















