रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ मा रहेको खार्पाचोक युवा क्लवले सो वडाको घर–घरमा पुगी स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमण विरुद्ध लड्न सहयोग पु¥याउने उद्देश्यले सो सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

क्लवले वडाका ३५० घर धुरीमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । सो अवसरमा कोरोना महामारी गाउँ–गाउँ प्रवेश गरेको तर यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा स्थानीयलाई जानकारी दिनुका साथै स्वास्थ्य सामग्री वितरण गरिएको क्लवका अध्यक्ष लाल वहादुर घिसिङले जानकारी दिए ।

यसैबीच क्लबले खार्पाचोकमा रहेको स्वास्थ्य चौकीलाई क्लवले अक्सीमिटर ४ थान, पिपिइ सुट सात थान, सर्जिकल मास्क, सेनिटाइजर, ग्लोबस, भिटामिन वी, सी लगाएतका सामग्री वितरण गरिएको क्लबका अध्यक्ष घिसिङले बताए ।

क्लवले ठूलो गाउँ, पोखरी टोल, किर्दास, नार्के बजार, कोतर्छे, माच्छेगाउँ, लेम्बुवा लागएतका स्थानमा उक्त सामग्री वितरण गरिएको थियो ।

सो स्वास्थ्य सामग्री तेमाल गाउँपलिका वडा ८ का समाजसेवी कर्म सिं लामा र रोशी गाउँपलिका वडा ५ का युवा व्यवसायी तथा समाजसेवी प्रकाश लामा (पारस)ले सहयोग गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।