काभ्रे जिल्लामा ५८जनाले कोरोना जितेका छन् । आज आइतबार पिसिआर परिक्षण गर्दा २३ र एन्टीजेन परिक्षणबाट ३० गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा २ पुरुष, पँचखालमा १ महिला पनौतीमा १ महिला १ पुरुष, धुलिखेलमा १ महिला २ पुरुष र चौंरीदेउरालीमा १० महिला ६ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एन्टीजेन परिक्षणबाट नमोबुद्धमा २ महिला २ बेथानचोकमा २ पुरुष, महाभारत गाउँपालिकामा १० महिला १२ पुरुष र २ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यससँगै काभ्रेमा संक्रमित संख्या १०३५९ पुगेको छ भने निको भएको संख्या ८५२० पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ७८२ महिला र ९०२ पुरुष गरी १६८४ पुगेको छ । अस्पताल आइसोलेसनमा १११ जना र होम आईसोलेसनमा १५७३ रहेका छन् ।

पछिल्लो चरणमा काभ्रेमा संक्रमणदरमा धेरै कमी आएको छ ।

Comments

comments