काभ्रे जिल्लामा २०३ जनाले कोरोना जितेका छन् भने आज सोमबार पिसिआर परिक्षण गर्दा ८८ र एन्टीजेन परिक्षणबाट १२ गरी १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टा यता जिल्लामा २ जनाको मृत्यु भएको छ ।

प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ५ महिला १३ पुरुष, पाँचखालमा १ पुरुष, धुलिखेलमा २७ महिला २३ पुरुष, पनौतीमा ३ महिला, नमोबुद्धमा २ महिला, मण्डनदेउपुरमा १ पुरुष, चौंरीदेउरालीमा १ महिला र रोशीमा ६ महिला ६ पूरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एन्टीजेन परिक्षणबाट पनौतीमा ५ महिला ३ पुरुष र पाँचखालमा ४ महिलामा कोरोना पुष्टि भएको छ ।

यससँगै काभ्रेमा संक्रमित संख्या १०४५९ पुगेको छ भने निको भएको संख्या ८७२३ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ७४९ महिला र ८३० पुरुष गरी १५७९ पुगेको छ । अस्पताल आइसोलेसनमा १०६ जना र होम आईसोलेसनमा १४७३ रहेका छन् ।

पछिल्लो चरणमा काभ्रेमा संक्रमणदरमा धेरै कमी आएको छ भने निको हुने दर बढेको छ ।

यस्तो छ मृत्यु विवरण

यसबीच डा झाका अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मण्डनदेउपुरका ५५ वर्षिय पुरुष, पाँचखाका ५३ वर्षिय पुरुष रहेका छन् । उनीहरु मध्य एकजनाको धुलिखेल अस्पतालमा १ जना र अर्कोको होम आइसोलेसनमा नै मृत्यु भएको थियो ।

यससँगै मृत्यु हुनेको संख्या २१५ पुगेको छ । काभ्रे जिल्लाका १५७ जना र अन्य जिल्लाका ५८ जना रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।